नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमण एकैदिनमा करिब २ हजार संक्रमित

१५ आश्विन,काठमाण्डौ ।
नेपालमा अहिले सम्मकै सर्बाधिक धेरै कोरोना संक्रमित बिहिबार पुष्टी भएको छ । बितेको २४ घण्टामा करिब २ हजार अर्थात् १ हजार ९ सय ११ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको हो । यो संगै देशभर कोरोनाभाइरसको कुल संक्रमित संख्या ७९ हजार ७ सय २८ पुगेको छ । १२ हजार ४४४ गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सो पुष्टी गरेका हुन् । यस्तै २४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ। यो कुल संक्रमितको ७१ दशमलव ९ प्रतिशत हो । काठमाडौं उपत्यकामा मात्र ९४३ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।