विदेशबाट उद्दार गरेर ल्याईएका क्वारेन्टाइन ब्यबस्थापनमा लागि परेका भण्डारी लाई कोरोना

असोज १४ काठमाडौँ, होटल व्यवसायी महासंघका सचिव तथा प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष शंकर भण्डारी लाई कोरोना संक्रमण पुष्टि भएको छ ।गत सोमबारबाट सामान्य रुघाखोकी सहित ज्वरो देखिएपछि पिसिआर परिक्षण गरेका भण्डारीको मंगलबार राती कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

 

पछिल्लो समय महासंघ अन्तर्गतका होटेलहरुले विदेशबाट आउने नेपालीहरुलाई राखेको होल्डिंग सेन्टरको अनुगमन तथा क्वारेन्टाइन ब्यबस्थापनका काममा महासंघका अध्यक्ष सहितको टोली खटिएको थियो त्यसैक्रममा धेरै मानिसहरुसंग सम्पर्कमा रहेपछि भण्डारीलाई सक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ।गत सोमबारदेखि कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएपछि उनले परिक्षणको लागि स्वाब दिएका थिए । मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएका भण्डारीको स्वास्थ्य भने अहिले सामान्य अवस्थामा आइसकेको छ ।उनि अहिले आफ्नै घरमा होम अईसोलेसनमा बसेका छन् ।

 

केहि समय पहिले विदेशबाट उद्दार गरेर ल्याईएका नेपालीहरुलाई समेत महासंघ अन्तर्गतका होटेलहरुमा राखिएको थियो त्यसक्रममा महासंघ अन्तर्गतका होटेलमा बसेका २१ जना कोरोना संक्रमित समेत निको भएर घर गैसकेका छन् भने केहि अझै महासंघ अन्तर्गतका होटेलहरु सुरक्षित अईसोलेसनमा रहेका छन त्यसरी विदेशबाट उद्दारमा  आई महासंघ अन्तर्गतका होटेलमा बसेका कोरोना सक्रमित तथा बिदेशवाट फर्केर क्वारेन्टाइनमा बसेका व्याक्तिहरुको सेवामा भण्डारी आफै खटिएका थिए ।भण्डारीले सरकारले गत चैत्र १० गते देखी लकडाउनको घोषणा गर्दा समेत विदेशबाट फर्केर आइसोलेशनमा बस्न चाहनेहरुलाई उनको आफ्नो प्रेसिडेन्ट होटल १०० वटा कोठा कोभिड बिरामीको लागि निशुल्क बस्न दिने घोषणा गरेका थिए।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।