नेपालमा पदयात्रा र पर्वतारोहण क्षेत्र खुला,अनअराईभल भिषा दिईने

१३ आश्विन,काठमाण्डौ ।
नेपाल सरकारले बन्द रहेको पदयात्रा र पर्वतारोहण क्षेत्र खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ । सरकारले हालको अवस्थामा हवाइ मार्ग भएर आएका पर्यटकहरुलाइ मात्र प्रवेश दिएको छ । पैदल बाट नेपाल प्रवेश गर्ने पर्यटकहरु मध्य अधिकांश भारतिय रहेकाले हाल लाइ पैदल पर्यटकहरुलाइ नेपाल प्रवेशको अनुमति दिइएको छैन । सरकारले पर्यटकका लागि पदयात्रा तथा पर्वतारोहणमा अपनाउनु पर्ने शर्तसम्मिलीत मापदण्ड २०७७ स्वीकृत पनि गरेको छ ।जसअनुसार पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ ।

यदि सम्बन्धित देशमा नेपाल आउनका लागि भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ ।उनीहरुका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिनेछ ।

पर्यटकहरुले नेपाल प्रवेश गरेपछि ७ दिन आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नु पर्नेछ । ७ दिनमा क्वारेन्टाइनमा बस्दा ५ दिनमै आफ्नै खर्चमा पीसीआर परिक्षण गराउनु पर्नेछ । यदि परिक्षणमा रिर्पोट नेगेटिभ आएमा गन्तव्य तर्फ जाने र यदि कोरोना रिर्पोट पोजेटिभ आएमा पुन: सोहि ठाउँमा आइसोलेटेड भएर बस्नु पर्नेछ । कोरोना मुक्त नभए सम्म पर्यटक बाहिर जान पाउने छैनन् । पर्यटकहरुले पर्वतारोहण वा पदयात्रा गर्दा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्वीकृत स्वास्थ्यसम्बन्धी मापदण्ड अनिर्वाय रुपमा पालना गर्नुपर्नेछ । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।