१२ आश्विन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा देशभर १ हजार ३ सय ५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको १० हजार ८० ओटा नमुनाको परिक्षण मध्ये सो संख्यामा पोजेटिभ पाईएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । आज १३ सय ५१ जनामा कोरोना पुष्टि भएसंगै देशभरबाट ७४ हजार ७ सय ४५ जना संक्रमित भएका छन् ।यस्तै सोमबार ७ सय ४२ जना कोरोना मुक्त
भइ घर फर्केका छन् ।मन्त्रालयका अनुसार आज ७ सय ४२ जना निको भएसंगै कुल निको हुनेहरुको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । मन्त्रालयको अनुसार कुल कोरोना संक्रमित मध्य ७३.१ प्रतिशत कोरोना मुक्त भएका छन् ।यस्तै हाल देशभर १९ हजार ६ सय २४ सक्रिय संक्रमित रहेका छन् ।






