ललितपुर महानगरका मेयरलाई कोरोना पुष्टी

९ आश्विन,काठमाण्डौ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनमा समेत कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि पाटन अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले मेयर महर्जनलाई आज कोरोना संक्रमण पुष्टि भएको बताए । कोरोना पुष्टि भएका मेयर महर्जनलाई जिउ दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको थियो । मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेको पनि महर्जनले बताए । केहि दिन अघि काठमाण्डौ महानगरपालिकाका मेयर बिध्यासुन्दर शाक्य र उनकी पत्नीमा समेत कोरोना पुष्टी भएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।