९ आश्विन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा १ हजार ३ सय १३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । देशभर १२ हजार २६२ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । अब सक्रिय संक्रमित १८२८९ जना रहेका छन् ।
अब क्वारेन्टाईनमा ६४६४ जना रहेका छन् ।यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ५०३, ललितपुरमा ९१ जना र भक्तपुरमा ५१ जना रहेका छन् । उपत्यकामा करिब २० हजार संक्रमित पुगेका छन् ।आज १४ सय ९५ जना डिस्चार्ज भएका छन् । क्ल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ जना रहेका छन् ।






