६ आश्विन,काठमाण्डौ ।
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले सो पुष्टी गरेका हुन् ।
यो संगै कोरोनाभाईरसको कुल संक्रमित संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । स्वास्थ्य मत्रालयलका अनुसार हाल ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै हाल ८ हजार ९ सय ४९ जना होम आइसोलेसनमा बसेका छन् ।






