नेपालमा थप १ हजार १ सय ५४ जनामा कोरोना पुष्टी

५ आश्विन,काठमाण्डौ ।
बितेको २४ घण्टामा नेपालमा थप एक हजार १ सय ५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । यो संगै देशभर कोरोना संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा बसेका छन् । यसैगरी संस्थागत आइसोलेसनमा ८९ सय २१ जना रहेका छन् ।
सोमबार ९ हजार ५ सय ३३ नमुना परिक्षरण गरिएकोमा ११ सय ५४ जनामा कोरोना पुष्टि भएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।