नेपालमा एकैदिनमा २ हजार बढी कोरोना संक्रमित पुष्टी

२ आश्विन,काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । बितेको २४ घण्टामा मात्रै अहिले सम्मकै धेरै २ हजार २० नयाँ संक्रमित पुष्टी भएको छ । आज २ हजार २० नयाँ संक्रमित फेला परे संगै कुल कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार हाल १७ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।