नेपालमा एकाबिहानै भुकम्प !

३० भाद्र,काठमाण्डौ ।
नेपालमा अहिले बिहान ५ बजेर १९ मिनेटमा भुकम्प गएको छ । भुकम्पको ठुलो धक्का देशैभर गएको हो । भुकम्पको आधिकारीक मापन गर्ने सरकारी निकाय राष्ट्रिय भुकम्प मापन केन्द्रको वेभसाईटमा (यो समचार तयार पार्दा सम्म)  कति रेक्टरको भन्ने कुनै अपडेट छैन । तर,अर्थक्विकट्रयाक डटकमको अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको जनाएको छ ।

राष्ट्रिय मापनकेन्द्र (seismonepal.gov.np) मा अपडेट नभएको स्कृनसट ।

सो साईटमा कठारी नेपाल केन्द्रबिन्दु भएर भुकम्प गएको उल्लेख गरेको छ । केहि राष्ट्रिय मिडियाले भने सिन्धुपाल्चोकको राम्चे आसपासलाई केन्द्रुबिन्दु बनाई ६ रेक्टर स्केलको भुकम्प गएको लेखेका छन् ।

earthquaketrack.com मा अपडेट भएको स्कृनशट ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।