भदौ२६:तुल्सिराम भण्डारी; ह्यान्ड स्यानिटाइजरमा अहिले बजारमा सबैभन्दा बिक्रि हुने सामाग्री मध्य एक हाे। बजारमा पाइने ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएको छ ।
कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी मानिएको ह्यान्ड स्यानिटाइजरमा विभिन्न उद्योगले मेथानोल नामक विषाक्त मिसाइएको पाइएको हो। राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका ४ र भक्तपुरका १ गरी पाँच वटा उद्योगले ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको औषधि व्यवस्था विभागले जनाएको छ ।
भक्तपुरस्थित नेपाल कायाकल्प उद्योगको इन्सटेन्ट ह्यान्ड सेनिटाइटर, काठमाडौंस्थित हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर ओरिजलन, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एडभान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रडक्टको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।
तोकिएको मापदण्ड विपरीत विषाक्त रसायन पाइएकाले यी स्यानिटाइजर तत्काल उत्पादन तथा बिक्री वितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ।file picture








