पाल्पाः पाल्पा जिल्लामा घर भत्किएर पुरिदा एक जनाको मृत्यु भएको छ ।
बुधबार राति ११ बजे बगनासकाली गाउँपालिका–६ खानीगाउँ बस्ने कान्तिसरा कनौजेको घर अचानक भत्किँदा २२ वर्षीय सुमन कनौजेको मृत्यु भएको हो ।
सुतिरहेको अबस्थामा पुरिएका सुमनलाई स्थानीयहरूले निकाली उपचारका लागि युनाईटेड मिसन अस्पताल पाल्पा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घर भत्किँदा २ वटा भैसी पनि पुरिएका छन् ।pic file







