२४ भाद्र,काठमाण्डौ ।
धादिङमा बुधबार दिउँसो भूकम्प गएको छ । धादिङको नीलकण्ठ केन्द्रबिन्दु बनाएर दिउँसो ३ बजेर ४८ मिनेटमा चार रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।मापन केन्द्रका अनुसार भूकम्पको धक्का धादिङ सहित आसपासका जिल्लाहरुमा समेत भुकम्पको महसुस गरिएको थियो । यो २०७२ सालको गोरखाको लारपार्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको परकम्पन भएको मापन केन्द्रको भनाइ छ ।






