२४ घण्टामा ९१८ जना संक्रमणमुक्त, ३३ हजार ८८२ निको भए

२४ भाद्र,काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा ९१८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ३३ हजार ८८२ निको भएको र यो कुल संक्रमितको ६८.८ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २१९ जना पुगेको छ। हाल देशभर १५ हजार २५ जना आइसोलेसनमा रहेका छन् । यस्तै देशभर ५ हजार ४८० क्वारेन्टाइनमा ७ हजार ९८८ रहेका जना छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।