नेपालमा थप ९ सय ७९ कोरोना संक्रमित थपिए

२२ भाद्र,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार २ सय १८ जनामा गरिएको परीक्षणमा सो संख्यामा पोजेटिभ भेटिएको हो । यो सगैँ देशभर कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६पुगेको छ । कुल संक्रमित मध्ये सक्रिय संक्रमित १६ हजार २ सय ५९ जना रहेका छन् । ती मध्ये संस्थागत आईसोलेसनमा ९ हजार ६९ रहेका छन् भने होम आईसोलेसनमा ७ हजार १ सय ९० जना रहेका छन् ।
कोरोनाबाट अहिले सम्म ३० हजार ६ सय ७७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १७ सय ३६ डिस्चार्ज भएका छन् । अब क्वारेन्टाईनमा ४ हजार ४ सय ३९ जना रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।