२१ भाद्र,काठमाण्डौ ।
मेमोरीक किङका रुपमा केहि महिना देखि चिनिदै आएका विजय शाही पछिल्लो समय बिबादमा तानिएका छन् । उनलाई युट्वरहरुले नै मेमोरी किङको उपमाले भिडियोहरु प्रकासन गर्दै आएका थिए । आफु संग स्मरणज्ञानको अदभुत क्षमता रहेको दाबीगर्दै आएका शाहीले शनिबार काठमाण्डौमा मेमोरीको डेमो देखाउने क्रममा ‘चिट’चोरेको आरोप लागेको छ ।
उनले डेमो देखाउने पुस्तकबारे पहिले नै घोकेर आउनु,सेतो कम्प्युटर पानामा नदेखिनेगरी कार्वन पेपर का रुपमा जस्तै लेखेर ल्याउने गरेको रहस्य खुलेको हो । केहि समय अघि रिपोर्टस् क्लबमा आयोजित कार्यक्रममा शाहीलाई पुण्य गौतम लगायतकाले प्रत्यक्ष डेमो देखाउन आग्रह गरेका थिए । सो समयमा शाहीले आफुलाई निन्द्रा नपुगेको कारण देखाउदै कुनै बेला गर्ने प्रतिबद्दता जायर गरे अनुरुप करिब एक महिना पछि शनिबार क्लबमा डेमो देखाउएका हुन् ।
डेमो हेर्न पुण्य गौतम लगायतका ब्यक्तीहरु पुगेका थिए । सो क्रममा दर्शक दिर्घा बाट दिइने पुस्तकको क्यामराकै अगाडी डेमो देखाउन पर्ने माग गरेका थिए । यद्दपी गनले करिब १८०० पानाको अक्सफोर्ड डिक्सनरी पढेपछि लेख्ने क्रममा दर्शक र शाहि बिच लफडा समेत भएको थियो । लफडालाई मिलाउन प्रहरीलाई हम्मे-हम्मे समेत परेको थियो । प्रहरीले क्यामराकै अगाडी देखाउन आग्रह गरे पनि क्यामरा अफ गरेर (पोडियमको तल लुकेर लेखेर) उनले डेमो देखाएका थिए ।
अहिले बिभिन्न युट्युब च्यानलमा विजय शाहीको पर्दाफास भन्दै उनका भिडियो आएका छन् । आईतबार भिडियो सार्बजनिक भए लग्त्तै विजय शाहीले केहि युट्युवरले भिडियो काटेर हालेको भन्दै फेसबुकमा स्पष्टीकरण समेत दिएका छन् ।
भिडियो हेर्नुहोस् :








