नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोना पुष्टी

१९ भाद्र,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टाको अबधिमा देशभर गरी १ हजार ३ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । १३ हजार ६ सय ३८ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिंङमा जानकारी दिए । यो सगैँ देशभर अहिले सम्म कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । त्यस मध्य सक्रिय संक्रमित १८ हजार ७ सय ४ संख्या पुगेको छ । त्यस मध्य १० हजार ९ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्य ७ हजार ४ सय ६२ जना आईसोलेसनमा छन् भने जना होम आईसोलेसनमा रहेका छन् ।कोरोनाबाट अहिले सम्म २५ हजार ६ सय ६१ जना डिस्चार्ज भएका छन् । १३ सय ५४ जना २४ घण्टामा डिस्चार्ज भएका छन् । अब क्वारेन्टाईनमा ६ हजार ५ सय ६१ जना रहेका छन् । आईसीयुमा एक सय ५१ जना संक्रमित रहेका छन् भने भेन्टिलेटरमा २६ जना रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।