१८ भाद्र,काठमाण्डौ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । भदौ २० भित्र राष्ट्रिय सभामा रिक्त रहेको एक पदमा मनोनित गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार सरकारले गौतमको नाम सिफारिस गर्ने भएको हो ।
बिहीबार दिउँसो बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले गौतमको नाम राष्ट्रियसभाको रिक्त एक पदमा मनोनयन गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायण्काजी श्रेष्ठले बताए। फागुन १४ मा बसेको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने औपचारिक निर्णय गरेपनि प्रधानमन्त्री ओलीले उक्त निर्णय नमान्ने बताएपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन । File Photo*






