नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना पुष्टी

१८ भाद्र,काठमाण्डौ ।
नेपालमा आज कोरोना १२ सय २८ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाहरुमा १३ हजार ४ सय १३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।हाल सक्रिय संक्रमित १८ हजार ४१३ जना रहेका छन् भने संस्थागत आईसोलेसन १० हजार ६ सय ७१ जना रहेका छन् । त्यस बाहेक ७ हजार ७ सय ४२ जना होम आईसोलेसनमा रहेको डा. गौतमले जानकारी दिए । अब क्वारेन्टाईनमा ६ हजार ७ सय ४९ रहेको छ । डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय १७ जना कोरोना मुक्त भएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।