नेपालमा थप १ हजार ६९ जनामा कोरोना पुष्टी

१६ भाद्र,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा १ हजार ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । कुल १२ हजारको स्वाव परिक्षणमा सो संख्यामा पोजेटिभ भेटिएको हो । यो सगैँ देशभर अहिले सम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस मध्य सक्रिय संक्रमित १८ हजार एक सय १२ रहेका छन् । त्यस मध्य संस्थागत आईसोलेसन १० हजार ८ सय ३२ जना रहेका छन् भने होम क्वारेन्टाईनमा ७ हजार ३ सय ९० जना रहेका छन् । यस्तै आज ७ सय ६८ जना कोरोना जीतेर डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या २२ हजार एक सय ७८ पुगेको छ । यो भनेको ५५ प्रतिशत हो । भेन्टिलेटरमा १७ जना रहेका छन् भने आईसियुमा एक सय २७ संक्रमित रहेका छन् । यस्तै कोरोनाका कराण २ सय ३९ जनाको मृत्यु भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।