१५ भाद्र,तुल्सीराम भण्डारी ।
बरिष्ट स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भए सँगै रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन् ।
शनिबार कोरोना पुष्टी भएपछि आईतबारदेखि आफूहरू दुवै जना अस्पताल भर्ना भएको डा. रिजालले जानकारी गराएका छन् । ‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो ।
हामी आईतबारदेखि अस्पतालमा भर्ना भएका छौं।’ रिजालले जानकारीमा उल्लेख गरेका छन् । चिकित्सक रिजालले सुरुको दिनमा हल्का ज्वरो आएपनि हाल कोरोनाको कुनै लक्षण नदेखिएको बताएका छन् । काठमाण्डौमा सोमबार नै मेयर विध्या सुन्दर शाक्यमा समेत कोरोनाको संक्रमण पुष्टी भएको छ ।






