१५ भाद्र,काठमाण्डौ ।
नेपालमा कोरोना नियन्त्रणका लागि चैत्र ११ देखि लकडाउन शुरु भए लगत्तै बन्द रहेको आन्तरीक हवाई उडान र लामो दुरीको यातायात अझै भदौ मसान्त सम्म बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय सिमित हवाई उडान भने एक महिनाका लागि मंगलबार देखि हुने भएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
यसअघि आजैबाट आन्तरिक उडान र यातायात सेवा खुलाईने बताइएको थियो । दिनप्रतिदिन कोरोनाको संक्रमण बढेपछि लकडाउनमा कडाइ गरिएको हो । कोरोना संक्रमण बढ्दै जाँदा देशका धेरै भागमा निषेधाज्ञा रहेको छ । नेपालमा कोरोना संक्रमण निरन्तर बढीरहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ भने मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।
मन्त्री परिषद् बैठकले सरकारले झापाका सिडिओ उदयबहादुर रानामगरलाई हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त गरेको छ भने नवराज ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ। File Photo







