नेपालमा २४ घण्टामा ८ सय ८४ जनामा कोरोना संक्रमित पुष्टी

१३ भाद्र,काठमाण्डौ ।
नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । यसै क्रममा आज नेपालमा ८ सय ८४ संक्रमित थपिएका छन् । देशभरका ल्यावहरुमा ११ हजार ५ सय १६ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको छ । त्यस मध्य १० हजार १ सय ३५ संस्थागत आईसोलेसनमा रहेका छन् भने ६ हजार ५ सय ७८ होम आईसोलेसनमा रहेका छन् । अहिले क्वारेन्टाईनमा ८ हजार ३५ जना रहेको मन्त्रालयले जनाएको छ । यसै गरी कोरोनाबाट मुक्त भई निको हुनेको संख्या २० हजार ५ सय ५५ रहेको छ । आजै मात्र ३ सय १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या कुल संक्रमितको ५५ प्रतिशत रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।