नेपालमा कोरोनाभाईरसको नयाँ रेकर्ड,एकैदिनमा १ हजार १ सय ११ संक्रमित पुष्टी

११ भाद्र,काठमाण्डौ ।
नेपालमा कोरोनाभाईरसको संक्रमणले नयाँ रेकर्ड राखेको छ । चैत्र पहिलो साता बाट सुरु भएको संक्रमण ६ महिना बित्दा सर्बाधिक धेरै संक्रमित पुष्टी भएको हो । बितेको २४ घण्टामा नेपालमा १ हजार १ सय ११ जनामा कोरोनाभाईरसको संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । बुधबार देशैभरका ल्याबमा १२ हजार ६ सय २९ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा सो संक्रमित संख्या थपिएका हुन् । १२ हजारको पिसिआर परिक्षणमा १ हजार भन्दा बढी संक्रमित पुष्टी हुनुले देशमा कोरोनाको उच्च जोखिम रहेको पुष्टी गरेको छ ।
नयाँ संक्रमित सगैँ देशभर कुल ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सक्रिय संक्रमित १५ हजार ३ सय ७३ रहेका छन् । त्यस मध्य होम आईसोलेसनमा ६ हजार २१० रहेका छन् भने संस्थागत आईसोलेसनमा ९ हजार ६३ छन् । पछिल्लो २४ घण्टामा ५६९ डिस्चार्ज भएका छन् ।६ लाख ४७ हजार ८८१ को पिसिआर परीक्षण भएको छ । ९ हजार ४ सय ८८ जना क्वारेन्टाईनमा रहेका छन् । भेन्टिलेटरमा १७ जना रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।