कोरोना संक्रमणः नेपालमा पहिलो पटक गर्भवती महिलाको मृत्यु

११ भाद्र,काठमाण्डौ ।
नेपालमा पहिलो पटक कोरोनाबाट गर्भवती महिलाको मृत्यु भएको छ । बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको बुधबार बिहान नारायणी अस्पतालमा मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बाराको हर्दियानिवासी २३ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए । उनी ८ महिना भन्दा बढीको गर्भवती रहेकी थिईन् । ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि नारायणी अस्पतालमा उनलाई भर्ना गरिउको थियो । उच्च रक्तचाप समेत रहेको ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान साढे ६ बजे उनको मृत्यु भएको चौरसियाले बताए । यसैगरी, कोरोना संक्रमित ३२ वर्षीया महिलाको आज बिहान पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचार गराइरहेकी महिलाको निधन भएको हो ।

पोखरा महानगरपालिका–११ की उनी भदौ ७ मा प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनमा कुनै पनि अन्य रोगको लक्षण नदेखिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए । ज्वरो र श्वास फेर्न गाह्रो भए पछि गत शनिबार उनी पोखराकै कास्की सेवा अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । अस्पतालको आईसीयूमा तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनको पनि स्वाब परीक्षण गरिएको थियो ।

कोरोना संक्रमण देखिएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा लगिएको थियो । एक दिन घरमा बसे पछि गत शनिबार फेरी मणिपाल अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । मणिपालले आईसीयूमा भर्ना नलिँदा उनी कास्की सेवा अस्पतालमा पुगेकी थिइन् । सांकेतिक तस्विर*

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।