नेपालमा कोरोनाले १०८ बर्षकी महिलाको मृत्यु

३ भाद्र,काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्यु बढीरहेको छ । आज मात्रै थप तीन जनाको मृत्यु भएको छ । चितवनको खैरेनी नगरपालिका गोठेश्वरका १ सय ८ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । उनको हिजो मात्रै स्वाव संकलन गरी परीक्षणका लागि भरतपुर स्थित कोभिड अस्पताल पठाइएको थियो । जसमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । यसै गरी कोरोना संक्रमणका कारण भक्तपुरकी एक महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ । संक्रमणका कारण पाटन अस्पतालमा भक्तपुरकी सूर्यविनायककी ६१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर– २ की ६७ बर्षिया महिलाको निधन भएको हो ।यो सगैँ नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।