कोरोना संक्रमण बाट नेपाली काङ्ग्रेस जिल्ला उपसभापतिको मृत्यु

२ भाद्र,काठमाण्डौ ।
कोरोनाबाट भाइरसको संक्रमणबाट नवलपरासी नेपाली कांग्रेसका उपसभापतिको शुभासचन्द्र गिरीको मृत्यु भएको प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंडेलले पुष्टी गरेका छन् । नवलपरासी सुस्ता पश्चिमका ३९ बर्षिय गिरीको मंगलबार बिहान ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी नेपाली कांग्रेसमा समायोजना हुँदा विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकबाट आएका थिए ।केही समय अगाडि पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरेका उनलाई हप्ता दिन अगाडि मात्रै कोरोना पोजेटिभ देखिएको थियो । पित्तथैलीको सल्याक्रिया गरि घर फर्केपछि उनमा कोरोना देखिएको हो ।कोरोना पुष्टीपछि उनलाई कोरोना अस्पताल बुटबलमा लगिएको र त्यसपछि एम्बुलेन्स बाट काठमाडौं ल्याइएको थियो ।उनलाई थप उपचारका लागि साउन ३० गते ललितपुरको पाटनमा ल्याइएको थियो र सोमबार भेन्टिलेटरमा राखिएको थियो । उनको आजै पशुपतिमा अन्तिम संस्कार गरिने पनि कंडेलले बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।