कोरोनाको हटस्पट बन्दै काठमाण्डौ

२९ साउन,काठमाण्डौ ।
नेपालमा कोरोनाभाईरसको महामारी दिनप्रतिदिन बढ्दो छ । पछिल्ला दिनहरुमा दैनिक रुपमा ३ सय देखि ५ सय सम्म देशभर कोरोना संक्रमितहरु बढ्दैगर्दा देशकै मुटु काठमाण्डौमा दैनिक १ सय माथि संक्रमित पुष्टी भएका छन् । जसको कारण काठमाण्डौलाई कोरोनाको हटस्पटका रुपमा बिश्लेसण गर्न थालिएको छ । काठमाडौंमा आज एकैदिन १ सय २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये काठमाडौंका १ सय ११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन् । यसअघि हिजो मात्र एकैदिन १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको थियो । देशभर आज ५ सय २५ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।File Photo:Google

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।