२९ साउन,काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुने क्रम बढेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय नजिक पुगेको छ । हाज सम्म ९५ जनाको मृत्यु भएको छ । थपिएका मृतकमा महोत्तरी मटिहानीका ४५ वर्षीय पुरुष, धनुषा मिथिलाकी ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङ्ग विराटनगरका ५७ वर्षीय पुरुष हुन् । यस अघि हिजो कोरोनाबाट १० जनाको मृत्यु भएको थियो ।






