नेपालमा एकै दिनमा ८ जनाको मृत्यु, काठमाण्डौमा १ सय ३९ जना संक्रमित

२८ साउन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा कोरोनाभाईरसको संक्रमणको कारण ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबार दिएको जानकारीअनुसार ६ जना पुरुष र २ महिलाको मृत्यु भएको हो । धनुषाको जनकपुरका एक पुरुष र एक महिला, काठमाडौं १२ मा महिला, सप्तरी डाक्नेश्वरीका पुरुष, मोरङ बुढीगंगाका पुरुष, कपिलवस्तुको तौलिहवाका पुरुष र बारा कलैयाका एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । नयाँ थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । यसैबीच उपत्यकामा १ सय ३९ जना संक्रमित भएका छन् । काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।