गोंगबु हत्याकाण्ड : सगैँ रक्सी खाएपछि औषधी खुवाएर बेहोस् बनाई हथौडाले अण्डकोषमा हानी हत्या गरेर घाँटी र खुट्टा काटेको खुलासा

२७ साउन,काठमाण्डौ ।
गोंगबुमा शुरुमा टाउको झोलामा शरीर सुटकेसमा राखिएको अवस्थामा फेला परेका कृष्णबहादुर बोहरालाई मार्ने प्रमुख योजनाकार कल्पना मुडभरी पौडेल भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको र नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको स्वीकारेकी छन् । आज प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । खास गरी पहिले देखि सम्बन्ध रहे पनि बोहराले कल्पनाको नांगो फोटो फेसबुकमा राखे पछि आक्रोसमा आएकी कल्पनाले बोहरालाई योजना बनाएर हत्या गरेको प्रहरीले बताएको छ ।त्यस रात कृष्णबहादुर ती महिलाकै घरमा बस्ने गरी गएको पनि अनुसन्धानबाट खुलेको छ । दही खाएपछि कृष्णबहादुर बेहोस भए ।

त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अण्डकोषमा प्रहार गरी उनलाई मारेको खुलेको छ ।हत्या गर्दा कल्पनाका १५ वर्षीया छोरी र १३ वर्षका छोरा साथमै थिए । हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखिन् । उनी त्यो शब फ्याके पछि एम्बुलेन्स चढेर चितवन माईत गएकी थिईन् । उनलाई प्रहरीले हिजो चितवनबाट पक्राउ गरेको थियो ।

बोहरालाई मारेर आफू काठमाडौंबाट भागेर चितवन पुगेको ती महिलाले बयान दिएकी छन् । महिला बस्ने कोठाबाट प्रहरीले मृतकका गञ्जी र भित्री वस्त्र पनि बरामद गरेको छ । आफूले हत्यामा प्रयोग गरेको खुकुरी पनि महिलाले प्रहरीलाई देखाएकी छिन् ।प्रहरीका अनुसार महिलाले हत्या गर्दा हातमा पञ्जा लगाएकी थिइन् । बोहरा काठमाण्डौमा एक्लै बस्दै आएका थिए ।

टोखा नगरपालिका–१०, नवज्योती मार्गमा आइतबार बिहानै पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको तालिम प्राप्त कुकुरले  सुटकेस भेटिएको ठाउँबाट करिब ३ सय मिटर पर स्वर्गद्वारी मार्गमा प्लास्टिकमा बेरिएको अवस्थामा टाउको र दुवै खुट्टा फेला पारेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।