२३ साउन,काठमाण्डौ ।
काठमाडौं स्थित चुच्चेपाटीमा स्थित एसिड आक्रमण हुँदा दुई जना घाइते भएका छन् । एसिड आक्रमणबाट घाइते हुनेमा आमाछोरी रहेको प्रहरीले जनाएको छ । बिहीबार राति एसिड आक्रमण भएको हो भने घटनामा संलग्न भनिएका राजन विष्ट पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत बौद्धका अनुसार घटनाबारे अनुसन्धान सुरु भएको छ । केही साताअघि मात्रै काठमाडौंकै सितापाइलामा पनि एक युवतीमाथि एसिड आक्रमण भएको थियो ।






