नेपालमा मन्त्रीलाई कोरोना पुष्टी

२२ साउन,काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसको संक्रमण सडक देखि संसद सम्म पुगेको छ । बिभिन्न दलका शिर्ष नेताका सुरक्षाकर्मी देखि सरकारी निकायका प्रमुखहरुमा समेत कोरोनाभाईरसको संक्रमण पुष्टी भइसकेको छ । कोरोनाभाईरसको संक्रमण प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवमा पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो । उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले बतायो । स्रोतका अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ ।

मन्त्री यादव हालै काठमाडौंबाट फर्किएका थिए । ‘काठमाडौंबाट प्रदेशमा फर्किएलगत्तै स्वास्थ्य जाँच गराउँदा कोरोना पोजेटिभ देखियो,’ मन्त्री यादव निकट स्रोतले बतायो । प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन उनीहरु काठमाडौं आएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायत सहभागी थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।