२१ साउन,काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् ।
हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् । हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हाल देशभरका आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।






