२१ साउन,तुल्सीराम भण्डारी ।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो साढे चार बजेतिर काठमाडौंमा भुँइचालोको धक्का महशुस भएको हो । भूकम्पको केन्द्रबिन्दु ललितपुरको बंगलामुखी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३ दशमलव ५ म्याग्निच्युटको धक्का महसूस भएको हो ।






