नेपालमा थप २ सय ७४ जनामा कोरोना पुष्टि

१५ साउन,काठमाण्डौ ।
नेपालमा गत २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सो पुष्टी गरेका हुन् ।
बितेको २४ घण्टामा ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गर्दा २७४ जनामा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १९ हजार ५४७ पुगेको छ । यस्तै नेपालमा कोरोना बाट निको हुनेको संख्या १४ हजार २४८ जना निको भएर पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २२७ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ ।नेपालमा अहिले सम्म कोरोनाभाईरसको संक्रमणकै कारण मृत्यु हुनेको संख्या ५२ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।