५ साउन,काठमाण्डौ ।
नेपालमा थप १ सय ८६ जनामा कोरानाभाइरसको संक्रमण पुष्टीभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सो संख्यामा संक्रमित थपिएको पुष्टी गरेका हुन् ।नयाँ संक्रमित संख्या सहित अहिले सम्म देशभर कोरोना संक्रमित संख्या कुल १८ हजार ८ सय ४४ जना पुगेका छन् ।
यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १७३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म ११ हजार ८ सय ६८ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यस्तै देशभर कोरोनाले मृत्यु हुनेको संख्या भने ४० रहेको छ ।






