५ साउन,काठमाण्डौ ।
चितवन स्थीत नारायणी नदिले जलसतहको सतर्कता तह पार गरेको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारी अनुसार अहिले सतकर्ता तह पार गरेर ७दशमलव ७ मिटर पानीको सतह पुगेको छ ।नारायणी नदिको सतकर्ता तह ७दशमलव ३ मिटर हो । आज नै खतरा तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीको तटिय क्षेत्रमा उच्च सतर्कता
अपनाउन केन्द्रले आम सर्वसाधरणलाई आग्रह गरेको छ ।८ मिटर पानीको बहाव पुगेमा नारायणी नदिलाई खतराको लेबल मान्ने गरिन्छ । खतराको लेवल पुग्नका लागि ० दशमलव २३ मिटर पानीको बहाव बढ्नुपर्ने छ । यस्तै नारायणगढको पुलचोकमा गरिएको मापनमा पनि सतर्ककता तह भन्दा माथि पुगेको छ । यहाँ ११ मिटरलाई सतर्कता तह भन्ने गरिन्छ । अहिले ११ मिटर नाघेर नारायणीको पुलचोकमा ११ दशमलव १२ पुगेको छ । फोटोःसौराहाअनलाइन






