३ साउन,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसको संक्रमण ह्वात्तै घटेको छ । केहि दिन अघि सम्म दैनिक रुपमा ४ देखी ७ सय संक्रमित भेटिरहेका बेला पछिल्लो समय भने संक्रमित संख्यामा कमी आएको हो ।
पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ३१ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यद्दपी परिक्षणको तुलनामा संक्रमित पुष्टी
संख्यालाई भने संतोषजनक रुपमा लिन सकिदैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप १०१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार ६ सय ३७ पुगेको छ ।प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०३ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६६ दशमलव १२ प्रतिशत पुगेको छ।
मन्त्रालयका अनुसार अहिले क्वारेन्टाइनमा २३ हजार दुई सय ७५ रहेको छ। पाँच हजार आठ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। कोरोनाले ज्यान गुमाएनेको संख्या भने ४० पुगेको छ।पाँच सय बढी संक्रमित भएका तीन जिल्ला छन् । मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा पाँच सय बढी संक्रमित रहेका छन् । त्यसैगरी कोरोना संक्रमण शुन्य हुने जिल्ला भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला हुन् ।







