भदौ १ देखी अन्तर्राष्ट्रिय उडान सुचारु हुने

२ साउन,काठमाण्डौ ।
विश्वभर महामारीका रुपमा सताइरहेको कोरोनाभाईरस (कोभिड-१९)का कारण चैत्र ९ गते देखि नेपालमा बन्द रहेको बिमानस्थल अब भदौ १ गते देखी सुचारु हुने भएको छ ।यसैगरी आन्तरिक उडान भने यहि साउन २१ गतेदेखी हुने भएको छ । संस्कृति प्रर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान र साउन २१ देखी आन्तरिक उडान खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेका हुन् ।यो विषयमा थप छलफल पछि निर्णय लिइने मन्त्रिपरिषद स्रोतले जनाएको छ । अहिले सरकारी स्वास्थ्य सामाग्रीको कार्गो र उद्दार उडान बाहेक सबै उडानहरु बन्द छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।