२ साउन,काठमाण्डौ ।
नेपालमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयो नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरिएको हो । यो संगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।शुक्रबार ४ हजार ६८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
त्यस्तै २ सय ८५ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।हाल ५ हजार ८७१ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टिनमा २२ हजार ७ सय ५६ जना रहेका छन् ।






