कोरोनाले नेपालमा थए १ जनाको मृत्यु,मृतक संख्या ४० पुग्यो

२ साउन,काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसको संक्रमणकै कारण थप एक जनाले ज्यान गुमाएका छन् । प्रदेश १ को धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका संक्रमितको मृत्यु भएको हो । सप्तरी राजविराजका ७३ वर्षीय कोरोना संक्रमित उपचाररत थिए । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।हिजो कोरोना पोजेटिभ भएको पुष्टि भएका उनको हिजै राती १० बजेतिर मृत्यु भएको बताइएको छ । बुधबार मात्रै उनलाई अस्पतालमा भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।