१ साउन,काठमाण्डौ ।
नेपालमा बिहिबार थप १ सय ६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरेको हो । यो संगै कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ सय १३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको मन्त्रालयका प्रवक्ता
डा.जागेश्वर गौतमले जानकारी दिए । कोरोना संक्रमित भई उपचारमा रहेका संक्रमितको संख्या ६ हजार ५६ रहेको छ । यस्तै कोरोना संक्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भएको छ ।






