नेपालमा संसदलाई कोरोना पुष्टी

३० असार,काठमाण्डौ ।
नेपालमा पहिलो पटक सांसदलाई कोरोना संक्रमणको पुष्टी भएको छ । कर्णली प्रदेशका एक सांसदमा कोरोना संक्रमणको पुष्टी भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार कोरोना संक्रमणको पुष्टी भएका सांसदलाई अस्पताल भर्ना गरेर आइसोलेसनमा उपचार थालिएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।एक सांसदमा संक्रमणको पुष्टी भएसँगै अन्य सांसदहरुको पनि तत्कालै कोरोना परिक्षण सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।