मेलम्चीको सुरुङमा इन्जिनियर र चालक बेपत्ता

३० असार,काठमाण्डौ ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडिएको पानीमा २ जना बेपत्ता भएका भएका छन् । हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका हुन् ।मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षण गर्ने क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो ।बेपत्ता २ जनाको प्रहरीले खोजी शुरू गरेको छ । उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।उनीहरुलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाउने तयारी भईरहेको प्रहरी प्रमुख महर्जनले बताए । photo : google

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।