२२ असार,काठमाण्डौ ।
नेपाल एयरलाईन्सका तीन पाईलट र १४ जना क्याबिन क्रुमा कोरोनाभाईसको संक्रमण पुष्टी भएको छ । सोको पुष्टी नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको हो । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको निगमको भनाइ छ । नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।






