नेपालमा थप ७४० जनामा कोरोना पुष्टि

१९ असार,काठमाण्डौ ।
नेपालमा थप ७ सय ४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भएको छ । यो संगै कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार १४३ पुगेको छ । उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३२ जनाको मृत्यु भएको छ भने ६ हजार एक सय ४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ८ सय २३ रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।