नेपालमा कोरोनाले ४५ दिने शिशुको मृत्यु

१८ असार,काठमाण्डौ ।
नेपालमा कोरोनाबाट थप एकको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु भएको हो । घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि थियो । उनको बुधबार राती अस्पतालमा नै मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए । दासले भने ‘शल्यक्रिया गरिएको र उपचारमा हुँदा हुँदै हिजो बेलुकी निधन भयो। उनका बुवा, आमा र फुपूमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ। म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया(ट्रयाक्टेस्टोमी) गरेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।