१४ महिना देखी दुई नाबालिकालाई यौनशोषण गरेको आरोपमा युट्युबर अर्जुन शिवाकोटी पक्राउ

१७ असार,काठमाण्डौ ।
करिब चौध महिना देखी दुई बालिकालाइ डराई-धम्क्याई गरी यौनशोषण गर्दै आएको भन्ने नाबालिका र उनका परिबारले एक टेलिभिजन कार्यक्रममा दिएको अन्तर्बातापछि युट्युबर अर्जुन शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बालिकाहरुको अभिभावकको उजुरीको आधारमा शिवाकोटीलाई आइतबार बानियाटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।३८ वर्षीया शिवाकोटीले आफ्नै घरमा अभिभावकसँग बस्दै आएका १४ वर्षीया र १२ वर्षीया दिदीवहिनीलाई यौनशोषण गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शिबाकोटी सोहि बालिकाको घरमा चार बर्ष देखी भाडामा बस्दै आएको तर भाडा समेत नदिने गरेको उनका बुबाले अन्तर्बातामा भनेका छन् । १४ वर्षीया बालिकालाई शिवाकोटीले एक वर्षदेखि पटक पटक बलात्कार गर्दै आएको र उनकी १२ वर्षीया बाहिनीलाई पनि पटक पटक यौनशोषण गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

शिवाकोटी ‘मेकिङ नेपाल’ नामक युट्युव च्यानलका संचालक हुन् ।पीडित किशोरीको आमासँगै व्यवसाय समेत गर्ने हुनाले छोरीहरुले उनलाई अंकल भनेर बोलाउँथे । अर्जुनले त्यही सामिप्यताको फाइदा उठाएर शोषण गरेको खुलेको छ । छोरीहरुले ‘अंकल’ भन्ने हुनाले सँगै देख्दा परिवारका सदस्यले पनि लामो समय शंका गरेनन् ।यौन दुर्व्यवहार गरेको थाहा पाएपछि पीडितका परिवारले कुरा उठाउँदा आरोपीले मार्ने धक्कि दिँदै ‘म पत्रकार भएकाले प्रहरीले पनि मलाई केही गर्न सक्दैन’ भनेर डर देखाएको पीडितले बताएका छन् । पिडित १४ वर्षीया बालिका हाल डिप्रेसनबाट गुज्रिरहेको पारिवारिक स्रोतले जनायो । उनलाई हाल मनोचिकित्सकले उपचार गरिरहेका छन् । बेलामा झस्किने, टोलाउने, डराउने जस्ता लक्षणहरु विगत केही महिनादेखि बालिकामा देखिएको पारिवारिक स्रोतले बतायो । अभियुक्त अधिकारीले आफूले यौनशोषण गरेको कुरा कसैलाई बताए ज्यान मार्ने धम्की दिदै आएको किशोरीले अभिभावकलाई बताएकी थिइन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।