रासस, कैलाली । धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका क्वारेन्टीन र आईसोलेशन व्यवस्थापनमा थप सहयोग पु¥याउन कोभिड–१९ प्रतिकार्य कार्यक्रम सुरुआत गरिएको छ । ती दुई क्षेत्रमा खानेपानीको व्यवस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहरमैलाको व्यवस्थापन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । कोरोना जोखिमलाई कम
गर्ने मुख्य ती दुई क्षेत्र व्यवस्थापनलाई सो कार्यक्रमले थप सहयोग पुग्ने जनाइएको छ ।जर्मन अन्तराष्ट्रिय सहयोग नियोग ९जिआइजेड०को संयोजनमा यहाँस्थित जर्मन राजदुतावास र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको साझेदारी कार्यक्रम सुरु भएको नगर प्रमुख नृपबहादुर वडले बताउनुभयो ।
सो कार्यक्रम अन्तर्गत रु। ६४ लाख रकम खर्च हुने सोसाइटीका जिल्ला शाखा सभापति उत्तम जोशीले जानकारी दिनुभयो ।उहाँले कार्यक्रम सञ्चालनका लागि आज उपमहानगरपालिकासँग समन्वयात्मक बैठक सम्पन्न भएको जानकारी दिनुभयो ।







